The Mirror Desk,
काठमाडौँ, प्रदेश-१ की सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको समयमा ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को नारा लिएकी मन्त्री राईले आफ्नो शपथ ग्रहण लगत्तै सोसल मिडियामा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सीलाई कानूनीरूपमा मान्यता दिने प्रबन्ध मिलाएर ब्राण्ड बनाई विदेश निर्यात गर्ने पनि बताइन।
उनले खोटाङको दिक्तेल बजारमा स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेकी थिइन्। उनले पदभार ग्रहण गरेलगत्तै सोसल मिडियामा स्टाटस लेख्दै आफुले स्थानीय रक्सीलाई उपयोग गरि जनताको जीवनस्तरमा सुधार ल्याउने बताइन।
[ref-nagarik]
अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस…
जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’
उनले बोलेको कुरा यो भिडियोमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team