janamorcha kim bikram shahi

अस्पतालको आईसीयू वार्डमा भेटिए जनमोर्चाका सांसद शाही

National News News

The Mirror Desk

हराइरहेका भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिम विक्रम शाही पोखरास्थित चरक अस्पतालको (कोभिड-१९) को आईसीयू वार्डमा भेटिएका छन। यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भनिएको छ। उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए।

अस्पतालका निर्देशक कपिल पोखरेलले भने, ‘हामीसँग कोरोनाका ४२ बिरामी छन् ति मध्ये उहाँ पनि एक हो।’।

दिउसो साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिइन। लगत्तै सभामुखले अर्को सूचना नआउँदासम्म प्रदेशसभाको बैठक स्थगित गरेका थिए।

गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भएको थियो।

उनको बारेमा सत्य कुरा अझै पनि बाहिर आएको छैन। जनमोर्चाका नेता चित्रबहादुर केसी ले आफ्ना संसदलाई बन्दक बनाइएको आरोप लागाएका छन।

[ref-onlilekhabar]

Why Did Dhurmus Cry ???

Watch This Video

“ What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *