कोमल ओलीले दायर गरीन रघुजी पन्त बिरुद्ध गाली बेइज्जतीको मुद्दा

National News News

The Mirror Desk,

काठमाडौँ, राष्ट्रिय सभा सदस्य तथा के पी ओली निकट नेत्री कोमल वलीले ‘प्रचण्ड-नेपाल’ समुहका नेता रघुजी पन्तले आफ्नो मानहानी र आफुलाई गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी छन्। मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई गाली बेइज्जती गरेको भन्दै ओलीले मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन्।

एक सार्बजनिक कार्यक्रमा पन्तले भनेका थिए, ‘‘हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् तर तिनले टिकट पाएनन्, कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन्’।

ओलीले नेता पन्तले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेकाले कानुनी प्रावधानअनुसार थप एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरेकी छिन्।

मुलुकी अपराध संहिताको दफा ३०७(१) मा ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ कानुनी प्रावधान छ।

पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ। वलीले आफ्‍नो इज्जतमा धक्का पुर्‍याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकाले मुलुकी अपराध संहिता बमोजिम सजाय हुनुपर्ने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।

[ref-kantipur]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *