लण्डन, कोरोन भाइरसले संसारभरी आतंक मच्चाइरहेको बेलामा फेरि केहि दुखद खबर प्राप्त भएको छ। बेलायती बरिस्ठ बैज्ञानिक र डाक्टरहरुले कोरोनभाइरस को नयाँ स्वरुपको बारेमा चेतवानी दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार दिउसो क्याबिनेटको आपतकालीन बैठक बोलाएका छन्। आजको बैठकमा मुख्यतया यसले पर्न सक्ने नयाँ प्रकारका असरहरु र थप नयाँ प्रतिबन्दहरुको बारेमा बिस्तृत रुपमा छलफल गरिनेछ।
शनिबार दिउसो ४ बजे हुने बैठकमा क्याबिनेटका साथै इंगलैंडका “चिफ मेडिकल अफिसर” क्रिस वीटी र “चिफ साइनटिफिक यड्भाइजर्” सर पाटरिक भालेंस पनि सामेल हुने कुरा बेलायती प्रधानमन्त्रिको कार्यालय डाउनिङ्ग स्ट्रिटले जनाएको छ।
प्रधानमन्त्री बोरिस जोन्सन ले शुक्रबार भनेका थिए, “मलाई आशा छ कि क्रिसमस पछि हामीलाई अर्को लक् डाउन चाहिने छैन” तर पनि बरिस्ठ बैज्ञानिक र डाक्टरहरुले त्यो कुरा सम्भब पनि हुन सक्छ भनेका छन्। कोरोना भाइरसको नया स्वरुपलाई बैज्ञानिकहरुले “न्यु भेरिअण्ट” भनेर नामाकरण गरेका छन् र यौ निकै नै खतरा हुनसक्ने बताइन्छ। यसलाई निकै गम्भिरतापुर्बक लिईएको छ।
अझै महत्तोपुर्ण कुरा के छ भने यदि अहिलेको खोपले यो नयाँ स्वरुपको भाइरस बिरुद्ध काम गरेन भने के गर्ने भन्ने बिषयमा पनि गहन रुपमा छलफल हुन सक्छ तर पनि यस्ता प्रमाणहरु अझै सम्म भेटिएका छैनन।[ref-sky news]


how many virus of this type. can human get victory on this ?