The Mirror Desk,
लण्डन, बिश्वले कोरोन भाईरसको महामारीबाट केही मात्रामा आशाका किरणहरु पाउन लागेको बेलामा फेरि केही दुखद खबरहरु बाहिर आएका छन्। बिश्वमा कोरोन भाईरसको खोप लागाउने तयारी तिब्र भैरहदा यसमा केही चिन्ताहरू देखिएका छ।
यसै क्रममा हामीलाई प्राप्त खबर अनुसार नर्वेमा फाइजरको भ्याक्सिन लगाएका २९ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेहरु ७५ वर्षभन्दा माथिका रहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त खोप लगाउदा ७५ वर्षभन्दा माथिकाहरूलाई जोखिम समूह मानेर लगाइएको थियो।
नर्वेमा अहिलेसम्म ४२ हजार मानिसहरुले फाइजरको खोप लगाइसकेका छन। नर्वेजियन मेडिसिन एजेन्सीले जनाए अनुसार यी सबै मृत्युहरु सो भ्याक्सिनसँग सम्बन्धित भएको बताएको छ। स्वास्थ्य विभागले भने मृत्यु हुनेमा धेरैजसो मुटु रोगी भएको जनाएको छ।मृत्यु हुनेमा सबै जसो दीर्घरोग रहेको स्वास्थ्य विभागको भनाइ छ भने सबैलाई आत्तिहाल्नुपर्ने कारण नरहेको नर्वे सरकारले जनाएको छ। रसियाको एक एन्जेसीले पनि फाइजर भ्याक्सिन लगाएका २९ जनामा समस्या आएको दाबी गरेको छ भने फाइजर खोप निर्माणमा हतार भएको आरोप विभिन्न देशहरुले लगाउदै आइरहेका छन।
[ref-bloomberg]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020