The Mirror Desk,
फेरि एक पटक नेपालको राजनीतिकले अर्कै मोड लिएको छ। सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली समूह र ‘प्रचण्ड-नेपाल’ समुहको नेकपाको अस्तित्व खारेज गरिदिएको छ। सर्वोच्चले आज नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा रहेको फैसला गरेपछि मुलुकको राजनीतिक परिवेश नै बदलिएको छ।
यसरी मुलुकको राजनीतिक परिवेश नै बदलिदिने व्यक्ति हुन-ऋषि कट्टेल।
ओली र प्रचण्डले २०७५ जेठमा पार्टी एकता गर्दा नाम नेकपा राखेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दिएका थिए। २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण गरी नेकपा घोषणा गरिएको थियो।
तर आफूले पहिलेनै दर्ता गरिसकेको नाम लिन नपाउने भन्दै कट्टेलले विरोध गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा ओली-प्रचण्डले २०७५ जेठ २३ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए।
आयोगको उक्त निर्णयविरूद्ध कट्टेल सर्वोच्च अदालत गएका थिए। उनी सर्वोच्च गएको दुई वर्षमा सर्वोच्चले फैसला गर्दै नेकपा नाम कट्टेलको भएको बताएको छ।
को हुन् ऋषि कट्टेल?
ऋषि कट्टेल पूराना कम्युनिष्ट नेता हुन्। उनी २०४७ सालमै एमाले गोरखा जिल्ला प्रमुख बनेकाथिए। तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, बाचश्पति देवकोटा र कट्टेल २०५० साल जेठ १ मा पोखराको कार्यक्रममा सँगै गएका थिए। उक्त कार्यक्रम सकेर महासचिव भण्डारी र आश्रितसँगै बाचश्पति र कट्टेल तनहुँको आँबुखैरेनीसम्म एउटै गाडीमा आएका थिए। बाचश्पति र कट्टेलको घर गोरखा हो। आँबुखैरेनीबाट गोरखा लगभग २४ किमीको दूरीमा पर्छ।
महासचिव भण्डारी र आश्रित भने पार्टीको कार्यक्रममा भाग लिन चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो। यसबीचमा कट्टेल माले, एमालेमा सक्रिय रहेका थिए। २०५८ सालमा सिपी मैनाली महासचिव भएको मालेमा उनी नेता थिए। त्यसपछि उनले २०६९ मा नेकपा गठन गरेका थिए।
सर्वोच्चले फैसला गरेपछि कस्तो लाग्यो?
उनले प्रसन्न मुद्रामा भने, ‘एकसाता अगाडिदेखि नै म सर्वोच्च अदालतमा बहस सुन्न गएको थिएँ, बहसकै दिन प्रतिपक्षले बहस नै गर्न नसक्ने ठाउँमा पुगेपछि त्यही दिन यिनीहरू हारे भन्ने त मलाई लागेको थियो, जुन अहिले आएर प्रमाणित गरेको छ’।
अन्तमा यो पनि…
माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons