Nepali cricket

क्यानडासँग नेपालको निकै नमिठो हार

Cricket Sports

The Mirror

एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग नेपालले लज्जास्पद हार बेहोरेको छ। बुधबार राति भएको खेलमा नेपाल क्यानाडासँग ८३ रनले पराजित भएको हो।

किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो। नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए। पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए।

रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो।

क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए। यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे।

नेपालका कप्तान सन्दीपले ३ विकेट लिए। यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले समान एक विकेट लिए।

यस अघि अघिल्लो एकदिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो।

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *