‘क्रिकेट स्टार एबी डी भिलियर्स नेपाली लिग खेल्न नेपाल आउने?’

Cricket Sports

The Mirror Desk,

आयोजक ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरका अनुसार दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्स आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट खेल्न सहमत भएका छन्। उनले भने, ‘उहाँले नेपालमा खेल्न चाहन्छु भन्नुभएको छ,‘आईपीएलबारे निर्णय भएपछि खबर गर्छु भन्नुभएको छ’।

गत वर्ष मार्चमा तय भएको ईपीएलको चौथो संस्करणमा पनि उनलाई ल्याउने प्रयास भएको थियो तर इन्डियन प्रिमियर लिग परेका कारण उनले आउन पाएनन् भने कोरोना महामारीका कारण ईपीएल पनि स्थगित भयो।

यसपटक दशैंको समयमा ईपीएल हुने र जुनबेला अन्तर्राष्ट्रिय पनि खेल हुने भएकाले विदेशी खेलाडी आउन सहज हुने ईपीएलका प्रबन्ध निर्देशक अख्तरले बताए।

उनका अनुसार क्रिस गेल लगायत अन्य विदेशी खेलाडीहरुसँग पनि कुरा भइरहेको छ। ‘गेल, कार्लोस ब्रेथवेइट, एण्डरसन लगायतसँग कुरा भइरहेको छ’ उनले भने । क्रिस गेल गतवर्ष नै ईपीएल खेल्न आउने पक्का भएको थियो । पोखरा राइनोजले अनुबन्ध समेत गरिसकेको थियो तर प्रतियोगिता नै नभएका कारण आउन पाएनन्।

[ref-Imedias]

बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?

हेर्नुहोस यो भिडियो

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *