”क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीको उत्कृष्ट खेलाडी”

Football Sports

The Mirror Desk

काठमाडौँ, युएईको दुबईमा आइतबार भएको ‘ग्लोब सकर अवार्ड’ मा रोनाल्डोले ‘प्लेअर अफ दि सेन्चुरी’को अवार्ड हात परे। उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्हो जस्ता हस्तीहरुलाई पनि पछि पारे।

उक्त कार्यक्रममा उनी सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी छानिएका हुन्। उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते भने म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जिते। उनले आफुलाई भोट गर्ने सबैलाई धेरै धेरै धन्यबाद पनि दिए।

यस्तै एकता अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते। लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पारे। बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते। बायर्नले क्लब अफ दि इअरको अवार्ड जित्यो।

रियल मड्रिड क्लब अफ दि सेन्चुरी र पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी घोषित भए।

[ref-marca.com]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *