Nepalis sent 560 oxygen cylinders from the Gulf countries

खाडी मुलुकबाट नेपालीले पठाए ५ सय ६० वटा अक्सिजन सिलिन्डर

National News News

The Mirror Desk

पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका छन।

खाडी मुलुकहरु यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन्।

ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार त्यहाँको स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपालमा अक्सिजन सिलिन्डर पठाएका हो। ति अक्सिजन सिलिन्डरहरु नेपाल एयरलाइन्सको वाइड बडीमार्फत नेपाल पठाइएको हो।

शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *