The Mirror
शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए। उनीहरुलाई साथ दिँदै धरानका धेरै युवाहरु पनि वृक्षारोपणमा सहभागी भए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं भावुक बने र आँशु झारे।
उनले सुन्दर ठाउँ धरानको मान्छेको मन पनि त्यत्तिकै सुन्दर हुनुपर्ने भन्दै धरानलाई हराभरा बनाउनुपर्ने बताए।
उनले भने, ‘हामी वृक्षारोपण गर्दैछौं, धरानलाई सफा, सुन्दर र हराभरा सबैथोक भएको शहर बनाउनुपर्छ’।
आफूले मेयरमा उम्मेदवारी घोषणा गर्दा ५ हजार विरुवा रोप्ने प्रतिवद्धता गरेको तर १ करोड वटासम्म रोप्न सकिने बताए। उनले सर्दु खोलामा हिउँदमा आउँदा पनि पानी आउने बनाउनका लागि वृक्षरोपण गर्नुपर्ने कुरामा जोड दिए।
साम्पाङले मिस धरानका प्रतिस्पर्धीलाई ‘आजदेखि उप्रान्त म के प्रेरणा दिन्छु भने भन्दै एउटा गीत सुनाउन थाले र सुनाउँदा सुनाउँदै उनी भावुक बनेर धरधरी रोए।
‘म देश सोच्न सकुँ
म देश बोल्न सकुँ
म देशकै निम्ति….’ यति भन्दै उनी रुन थाले।
देशकै कर्म गर्न सकुँ
देशकै निम्ति मर्न सकुँ’ उनले रुँदै रुदै सुनाए।
साम्पाङले भने, ‘सरी म भावुक बनेँ, म तपाईहरुलाई प्रेरणा दिन आएको आफैं भावुक बने, खुशी लाग्छ मलाई आज देश विदेशबाट भेट्न आउनुभएको छ, म एउटा सानो मान्छे हुँ, तपाईहरुले मलाइ असाधारण ठान्दिनुभएको छ, दिस इज माइ ह्याप्पिनेस’।
‘म एउटा सानो मान्छे, देश विदेशबाट यति धेरै माया गर्नुभएको छ । त्यो सम्झेर हो क्या’ उनले भने, ‘हर्षको (आँशु)…। विस्मात र दुखको केही पनि छैन, सबै हर्षको ।’
मेयर साम्पाङ शनिबार पनि सर्दु खोलामा तटबन्ध निर्माणमा युवासँगै खटिएका थिए।
[ref-onlinekhabar]
अन्तमा यो पनि…