gagan thapa

गगन थापाको क्षेत्रबाट कांग्रेसका नेताहरूको सामूहिक राजीनामा

National News News

The Mirror

ठुलो समस्याका बिच नेपाली कांग्रेसले बुढानीलकण्ठ नगरपालिकामा वडादेखि मेयर र उपमेयरको टुङ्गो लगाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दर्जन भन्दा बढी मेयरमा आकांक्षी भएपछी यस्तो समस्या आएको हो।

पहुँच र प्रभावको आधारमा अन्तिममा नाम टुङ्गो लाग्यो तर, सच्चा कार्यकर्तालाई लागि भने नमज्जाले भित्री चोट पुग्यो । उदाहरण बनेको छ, बुढानीलकण्ठ नगरको वडा नम्बर ११ का सक्रिय नेताहरूको सामूहिक राजीनामा ।

उम्मेदवार चयनमा मनोमानी भएको भन्दै वडा नम्बर ११ का क्रियाशील सदस्यहरूले सामूहिक राजीनामा दिए।

बुढानीलकण्ठ नगरपालिकामा वडा नम्बर ११ लाई कांग्रेसको गढको रूपमा बुझिन्छ। सोही स्थानबाट सोमबार सन्ध्याकालीन समयमा सामूहिक रूपमा ३८ जना क्रियाशील सदस्यहरूले राजीनामा घोषणा गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन।

बुढानीलकण्ठ नगरपालिका नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगन थापाको निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ।

एक नेताले भने, ‘वडा नम्बर ११ मा पर्ने पैयुटारलाई थापा सहित नगर पार्टी पङ्क्तिबाट सौताको व्यवहार भए पछि टुलुटुलु हेरेर बस्न सक्ने अवस्था आएन त्यस पछि पार्टी परित्याग गर्याै’।

राजन कार्कीले स्पस्ट रुपमा भने, ‘सामूहिक राजीनामा दिनु पर्ने कुनै रहर थिएन, हामीले जे गर्दा नि हुन्छ भन्ने मानसिकता बोकेर स्वार्थ जोडेर निर्णय लाद्न खोज्ने पार्टीका नेताहरू कारण यस खालको निर्णय लिन बाध्य भयौँ’।

कार्कीले सामूहिक राजीनामा पश्चात् आक्रोशित हुदै भने, ‘म अहिले ३२ वर्षको भए ३० वर्षभन्दा माथि भएको रहेछ कांग्रेस पार्टीबाट पैयुटारबासीलाई कुनै पनि कुरामा सिफारिस नगरेको’।

उनले थपे, ‘यस पटक तपाईँहरूकै ठाउँबाट मेयर हुँदै हुनुहुन्छ, वडामा अन्य क्षेत्रबाट मिलाऊ भन्दै आश्वासन दिइयो तर अन्तिम आवरमा मेयरमा अर्कै नाम आयो, हामीले यस्तो होला भन्ने कल्पना समेत गरेका थिएनौँ, त्यस पछि सामूहिक रूपमा राजीनामा दिएका छौँ, भोलि सम्ममा अझ सङ्ख्या बढ्ने वाला छ’।

[ref-ktmkhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *