gagan hemraj

‘गगन थापा बिरुद्ध चुनाब लड्दै हेमराज थापा’

National News News

The Mirror

स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा चर्चित नाम हो हेमराज थापा। बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन।

कहिले एमसीसी त कहिले भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि त कहिले प्रहरी हिरासतमै समेत थुनिएका छन। उनै हेमराज थापा अब आउँने संघिय निर्वाचनमा उठ्ने चर्चा चल्न थालेको छ।

कुनै पनि राजनीतिक दलमा आवद्ध नभएपनि निर्वाचनमा उठ्न र जित्न सकिन्छ भन्ने काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका बालेन्द्र साह ‘बालेन’ र धरान उपमहानगरपालिकाको मेयरमा विजयी हर्कराज राई ‘हर्क साम्पाङ’ एक उदाहरण हुन।

उनीहरुको विजयीले कुनै पनि राजनीतिक दलमा लाग्नै पर्छ भन्ने पुरानो सोच र धारणालाई विस्थापित गरिदिएको छ।

सामाजिक अभियान्ता हेमराज थापा स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लागि मत माग्न बिभिन्न जिल्लामा सक्रिय भएका थिए। उनले त्यस बेला स्थानिय बासिन्दाहरुको राम्रो प्रतिक्रिया पाएका थिए।

जसले गर्दा उनी अहिले संघिय निर्वाचनमा उठ्ने तयारी थालेका छन। स्थानिय निर्वाचनमा उनलाई धेरैको एउटै प्रश्न थियो, किन निर्वाचनमा नउठेको ? भन्ने प्रश्नको सामना गर्नु परेको थियो।

त्यसै बेलादेखि हेमराज थापाले संघिय निर्वाचनमा उठ्ने मनासय बनाएका थिए। निर्वाचनको मिति नै घोषणा नहुदै विवेकशिल साझा परित्याग गरेकी रञ्जु दर्शनाले काठमाडौंको निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन। गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए।

दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा।प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए। साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए।

हेमराज थापाले क्षेत्र नं–४बाट निर्वाचनमा उठ्ने तयारी थालेका छन जुन नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो।

भेटघाट र छलफलमा धेरै व्यक्तिहरुबाट सकारात्मक प्रतिक्रिया पाएकाले उनले जसरी भएपनि निर्वाचन जित्ने गरी रणनीति बनाउन लागि परेको उनी निकट व्यक्तिहरु बताउने गरेका छन।

काठमाडौंको बिगत देखि वतर्मान चुनावको बेला मतदाताले सधै एउटै व्यक्ति भन्दा फरक–फरक व्यक्तिलाई जिताएको इतिहास छ।

[ref-merosathi]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *