jhakri

‘गठबन्धनको दम्भ धेरै भो, दम्भको हिसाब किताब निर्बाचन पछि हुन्छ’:- झाँक्री

National News News

The Mirror

नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आइतबार राति ट्वीटमार्फत पाँच दलीय सत्ता गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।

विभिन्न जिल्लामा गठबन्धनमा आवद्ध दलहरुबीच विवाद बढिरहेको समयमा उनले गठबन्धनमा आफ्नो स्थान सम्मानजनक नभएको उनले बताईन।

उनले गठबन्धनका दलबीचमै हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको स्वीकार गरेकी छन्। उनले हाम्रा वार्ता संवादमा केही दम्भ देखिएको धारणा राखिन्। झाँक्रीले गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा यसको हिसाब चुनाब पछि मिलान गर्नुपर्ने बताइन्।

केहि दिन अगाडी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई अपमान गरिएको अभिव्यक्ति दिएका थिए। एकता तथा घोषणा पत्र सार्वजनिक कार्यक्रममा गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको बताएका थिए।

उनले सिधै कसैको नाम किटान नगरे पनि यो भनाई प्रचण्ड र शेर बहादुर प्रति भएको हुन सक्ने बताईन्छ।

केहि दिन अगाडी सो पार्टीका नेता झलनाथ खनालले पनि प्रचण्ड र शेर बहादुरलाइ यस्तै अर्थ लाग्ने चेतावनी दिएका थिए।

उनले ट्वीटमार्फत यस्तो चेतावनी दिएकि हुन्। उनले लेखिकी छन।

‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँ भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। ’उनले भनेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !’

[ref-annapurnapost]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *