Yogesh Bhattarai

‘गठबन्धनको ह्वीप जनताले मान्दैनन्, एमालेले ५० लाख भन्दा बढी मत ल्याउँछ’

National News News

The Mirror

नेकपा एमालेका सचिव योगेश भट्टराई गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गरेका छन। गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको उनले बताए।

उनले प्रश्न गरे, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ, प्रचण्डजीको ह्वीप लाग्छ, मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन’।

देशैभरी महानगर र उपमहानगर पालिकामा एमालेविरुद्ध सत्ता-गठबन्धनले साझा उम्मेदवार उठाएको छ। देशभर गठबन्धन नभए पनि एमालेसँग भने तालमेल नगर्न गठबन्धनको निर्देशन छ।

तर भट्टराई भन्छन, अहिले पनि एमाले दक्षिण एसियाकै सबैभन्दा बलियो पार्टी भएको छ, आगामी चुनावमा ५० लाख बढी मत ल्याउछौ, हाम्रो मत ५५ लाख हुन्छ, यसमा माधव नेपालले लैजाने एक/दुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ’।

संगठनात्मक हिसाबले अलग पार्टी बनाउन संविधान र कानूनले संसदीय दल र पार्टी केन्द्रीय कार्य समितिमा ४०/४० प्रतिशत चाहिने थियो तर ४० प्रतिशत पुर्याउन नसकेर २० प्रतिशतको सुविधा दिइयो। त्यसो हुनाले संगठनात्मक रुपमा एमाले विभाजित भयो भन्न म सक्दिनँ ।

जनमतको कुरा गर्दा गएको चुनावमा एमालेले ३२ लाख लोकप्रिय मत पाएको हो। यसपटक ३६ लाख मतदाता थपिएका छन्। त्यसमा ८० प्रतिशत २३ वर्ष उमेर समूहका छन्। अहिले देशभर कुनै राजनीतिक कार्यक्रममा क्रेज छ भने त्यो एमालेमा देख्नु हुन्छ।

उनले दाबी गरे, ‘प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी जस्ता एमालेको आधार भएका ठाउँमा विभाजनको असर छैन, थोरै असर कर्णाली र सुुदूरपश्चिममा हो, यी आधारमा हाम्रो मत ५५ लाख हुन्छ, यसमा माधव नेपालले लैजाने एक दुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ’।

उनले भने, ‘एमाले टुप्पोबाट फलेको पार्टी होइन, यो जगबाट बनेको पार्टी हो, सानातिना झोक्काहरुको सामना एमालेले गर्दै आएको छ, गर्छ, आज पनि एमाले त्यत्तिकै बलियो पार्टी छ, त्यसैले एमालेलाई हराउने एक मात्रै उद्देश्यले गठबन्धन बनेको छ, एमाले कमजोर भएको भए गठबन्धन बन्ने नै थिएन, कांग्रेस, माओवादी र माधव नेपाल आफैं चुनाव लड्ने हुन्थ्यो होला । तर उहाँ सबैको स्वार्थ एमाले हराउने हो’।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *