The Mirror
स्थानिय तहको निर्बाचन सम्पन्न भएको छ भने केहीको परिणाम पनि सार्बजनिक भएको छ।
अहिले सम्मको नतिजा मध्ये नेपाली काँग्रेस पहिले पार्टी भएको छ भने एमाले र माओबादी क्रमश दोश्रो र तेस्रो भएका छन।
निर्बाचन सकिए लगत्तै पाँचदलीय गठबन्धन भित्र एकले अर्कालाई धोका दिएको र अन्तरघात गरेको आरोप चल्न थालेको छ।
स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर चुनाब लडे। देशका धेरै जसो स्थानीय तहमा तालमेल भयो।
ती स्थानीय तहमध्ये कांग्रेसले केही र माओवादी केन्द्रले प्रायः सबैमा जित हात पारेको छ। केही जिल्लामा माओवादीले कांग्रेसमाथि ठूलो घात गरेको समाचार बाहिर आईरहेको छ।
अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको भएपनी यसपटक माओवादीसँग गठबन्धन गर्दा पनि नेपाली कांग्रेसले एउटा तह जित्न सकेन। यो निकै अचम्म हो।
अहिले दार्चुलाका नौ स्थानीय तह मध्ये चारमा माओवादी केन्द्र र पाँचमा एमालेले चुनाव जितेको छ। कांग्रेसले कुनै पनि स्थान जित्न सकेन।
यस अघिको निर्वाचनमा एउटा पनि स्थानीय तह नजितेको नेकपा माओवादीले यो पटक भने कांग्रेसको साथ पाउँदा आफुले पाएका ठाउमा शतप्रतिशत जित् हात परेको छ।
कांग्रेसले पाएको पाँच स्थानीय तहमा भने माओवादीले एमालेलाई भोट दिएर कांग्रेस उम्मेदवारलाई हराएको समाचार बाहिर आएको छ।
यहाका नौ स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चारवटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको थियो।
नेपाली कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाएको थियो। जसमध्ये उसका महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार थिए।
उता माओवादीले भने मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाएको थियो। जसमा माओवादीले सबै जितेको छ। अहिले कांग्रेसका नेताहरू माओवादीले धोका दियो भनेर आरोप लगाउदै हिडिरहेका देखिन्छन।
केही जिल्लामा भने माओवादीले कांग्रेसलाई नभई एमाले उम्मेदवारलाई भोट हालेर ठूलो घात गरेका कुरा कांग्रेससी नेताहरुले बताउन थालेका छन।
अन्तमा यो पनि…