gathabandhan

गठबन्धनमा महानगरको भागबण्डा मिल्यो, कांग्रेसलाई ३, बाँकीलाई एक-एक

National News News

The Mirror Desk

माओवादीका अध्यक्ष प्रचण्डले गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा गरेका छन। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनमा ६ महानगरको भागबण्डा मिलेको उनले बताए।

उनका अनुसार ६ महानगरमा कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक सिट दिने सहमति भएको छ। आजै बेलुकी बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको टुंगो लगाउँने पनि उनले बताए।

बालुवाटार स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जनता समाजवादीले लिने करिब करिब सहमति भएको छ। बिहान बालुवाटारमा बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले मोटामोटी सहमति गरेको दाबी छ।

सत्ता गठबन्धनभित्रका दलहरुले आजै प्रत्येक पालिकाको रिपोर्ट बुझाउने समय तोकिएको छ। रिपोर्टअनुसार कुन पालिकामा कसरी भागबण्डा गर्ने विषयमा छलफल गरी टुंगोमा पुर्‍याइने बताईएको छ।

यस बिषयमा बिस्तृत विवरण आउन बाकीनै छ…

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *