uml

गठबन्धनलाई पछि पार्दै गाउँपालिकामा एमाले विजयी

National News News

The Mirror

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए।

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए।

वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो। यी वडाको मतपरिणाम प्राप्त भएको छैन।

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *