The MIrror
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनभित्र कांग्रेसबाट जतिसुकै बेला पनि धोका हुन सक्ने भन्दै गम्भीर आशंका व्यक्त गरेका छन।
सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले गठबन्धन दलभित्रको सहमति विपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गरेका हुन।
उनले कांग्रेस प्रति संकेत गर्दै भने, ‘धेरै स्थानमा गठबन्धन ‘क्लियर’ छैन, बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन‚ कांग्रेसले यहाँ पनि गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएको छ, त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ, यो अवस्थामा हाम्रो तर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ’।
कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो तर सहमति बन्नुअगावै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए।
पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन। गठबन्धनले उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन। उनी अहिले तिब्र गतिमा चुनावी प्रचारमा छन।
कांग्रेसको उम्मेदवारीपछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी छन। उनले पनि अहिलेसम्म उम्मेदवारी फिर्ता लिएकी छैनन।
माओवादीले पनि गठबन्धनको सहमतिविपरीत सत्गौवा चौधरीका लागि मत मागिरहेको छ।
[ref-ekantipur]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
Online Shopping को लागी तलको लिंक क्लिक गर्नुहोला
https://www.safestgatetocontent.com/yy6xp4y1m?key=ac92122479077154bd9c7c501f9e270f