prachanda

‘गठबन्धन सफल भयो, म खुशी छु’:-प्रचण्ड

National News News

The Mirror

माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूत रूपमा सफल भएको र आफु यसबाट खुशी रहेको बताए।

उनले भने, ‘हामी गठबन्धनको मर्मलाई पक्डिन सफल भयौ, हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरू गर्न खोजेको हो, मूलभूत रूपमा गठबन्धन सफल भएको हो’

उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दलहरु दृढ रहेको बताए।

उनले विजयी जनप्रतिनिधिलाई शुभकामना दिदै अब राम्रो काम गर्ने चुनौती रहेकातर्फ सचेत गराउदै विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको उल्लेख गरे।

उनले भने, ‘निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईंहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ’।

उनले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने बताए।

मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौती दिन सकिने उनको धारणा थियो।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *