The country is entering the phase of abolition of republic, secularism and federalism

‘गणतन्त्र, धर्म निरपेक्षता र संघियता खारेजीको चरणमा देश प्रवेश गर्दै छ’:- महेश बस्नेत

National News News

The Mirror Desk

देशमा गणतन्त्र, धर्म निरपेक्षता र संघियता सम्बन्धि प्रश्न उठिरहेको समयमा सतारुढ दलका युबा नेता महेश बस्नेतले यी सबै कुराहरु खारेजीको चरणमा देश प्रवेश गर्न लागेको कुरा ब्यक्त गरेका छन्।

एक टेलिभिजन संग कुराकानी गर्दै बस्नेतले अबको चुनावमा दिल्लीमा भएको १२ बुँदे समझदारीका क्रममा विदेशी शक्तिले घुसाएका धेरै राष्ट्रघाती कुराहरु खारेज गर्नु पर्ने बताए। उनले १२ बुँदे समझदारीबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेकोले त्यसलाई पुनरावलोकन गरेर जानु पर्ने बेला आएको बताएका हुन्।

बस्नेतले अहिलेको द्वन्द भनेको राष्ट्रको विशिष्ट पहिचानलाई जोगाउने वा विदेशीको एजेण्डालाई निरन्तरता दिनुपर्छ भन्ने शक्ति बीच भइरहेको बताए।

बस्नेतले संघियतामा धेरै विकृति घुसेकोले खारेजीको चरणमा जानु पर्ने स्थिति आउन सक्ने पनि स्पस्ट संकेत गरे। संघियतालाई रिभ्यू गर्नु पर्छ भन्ने आवाजलाई हामीले सम्बोधन गर्नुपर्ने बेला भएको समेत उनले बताए।

नेपालको पहिचान भनेको विशिष्ट सांस्कृतिक पहिचान हो त्यसकारण धर्म निरपेक्षता विरुद्ध उठिरहेको आवाजको सम्बोधन गर्नुपर्ने अतिनै आबास्यक भएको पनि बस्नेतले बताए।

उनले विदेशी शक्तिले नेपालमा घुसाइदिएका हरेक एजेण्डाहरुलाई पुरै खारेजी गरेर जानुको विकल्प नभएको पनि उनले स्पस्ट परे।

[ref-nepal deep]

अन्तमा यो भिडियो पनि हेर्नुहोस..

बाबुराम भट्टाराईले राजतन्त्रको बारेमा के भने?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *