gandagi pradesh

‘गण्डकीको प्रदेश सरकारद्वारा सार्बजनिक ढुकुटीको व्यापक लुटपाट’

National News News

The Mirror

गण्डकीको प्रदेश सरकारद्वारा सार्बजनिक ढुकुटीमा व्यापक लुटपाट र दुरुपयोग भएको छ।

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारले एक करोड विनियोजन गरेको छ।

यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए।

पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको हो।

सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०/५० लाख विनियोजन गरिएको हो।

पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ।

पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए। स्याङजा भीरकोट नगरपालिका-१ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ। मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन।

यसअघि १ असारमा बजेट वक्तव्यपछि प्रदेशसभा बैठक २० गतेसम्म रोकियो। मन्त्रालयले पठाएका कार्यक्रमहरू अर्थमन्त्रालयले काटेको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश नगरेको भन्दै सत्तारुढ दलले नै सदन रोकेको थियो।

लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ। सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन।

२८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ।

यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो। समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ। यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले नै विरोध जनाएका थिए।

केहि समय अगाडी यो प्रदेशमा पूर्व माननीयहरुलाई सेवा र सुबिधा दिने भन्दै अरबौ रकम छुट्टाएपछि व्यापक बिरोध आएको थियो।

यसरि संघियताको नाममा केहि व्यक्तिले रास्ट्रको सम्पतिमा मोजमस्ती र लुटपाट गरेपछी नेपालीहरु आक्रोशित भएका छन।

[ref-anjulionline]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *