Minister Deepak Manange towards the opposition

गण्डकीमा नयाँ तरंग, मन्त्री दिपक मनाङे विपक्षी तिर

National News News

The Mirror Desk

गण्डकी प्रदेशको राजनितिले अर्कै बाटो मोड्ने सम्भाबना बढेर गएको छ। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा केहि अगाडी मात्र युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सत्ता पक्षको साथ छाडेका संकेत गरेका छन्।

उनको यो कदम संगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना निकै बढेर गएको छ।

उनीसँग बहुमत देखिएको छैन । तर राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको पनि बहुमत नपुग्ने देखिएको थियो।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ। मनाङले विपक्षीलाई साथ दिए संविधानको धारा १६८ (५) अनुसार कांग्रेस संंसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्ने पक्का हुने देखिएको छ।

त्यसले विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने गुरुङको तयारी थियो।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए।

संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्‍याए। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले विहीबार (२७ गते) प्रदेशसभामा विश्वासको मत लिँदैछन।

मनाङेले भने, ‘सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले मालाई मन्त्री बनाएको हो, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि मैले साथ छोड्ने निर्णय गरेको हुँ, सरकार जोगिन्छ, संसद विघटन हुन्न भनेर मलाई मन्त्री बनाएका हुन्’।

एमालेले फकाउन सक्ने भएकाले आफू केही समय चुपचाप बस्ने मनाङेले बताए । ‘म एउटाका कारण सबै सांसदको पद र प्रतिष्ठा बच्छ, संसद बच्छ भने मैले किन निर्णय नगर्ने ?’ मन्त्री बन्नका लागि कित्ता परिर्वतन नगरेको भन्दै मनाङले भने, ‘संसद विघटन कोरोनाभन्दा पनि ठूलो रोग बन्यो, केन्द्रबाट प्रदेशमा सर्‍यो ।’

[ref-onlinekhabar]

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *