‘गत २१ वर्षदेखि कुनै पनि बिदा नलिई देशको सेवा गरिरहेको छु’:- मोदी

International News News

The Mirror Desk,

नयाँ दिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू गत २१ वर्षदेखि कुनै पनि बिदा नलिई देश र जनताका लागि काम गरिरहेको बताएका छन। उनले उक्त कुरा भारतीय जनता पार्टी को मंगलबार बसेको बैठकमा बोल्दै आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई लगातार काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले कोरोना भाइरसको महामारीलाइ प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो, जसको लागि मैले पनि कुनै कमी नगरी लगातार सेवामा लागिरहें’।

उनले असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकिने कुरा स्पस्ट पारे। उनले भाजपा सांसदलाई आफूले झैं जनताको सेवामा निरन्तर क्रियाशील हुन निर्देशन पनि दिए।

विश्वका १ सय १० देशका नेताहरूले भारतमा कोरोना भाइरसको महामारीको व्यवस्थापन निकै राम्रो र प्रभाबकारी भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी खुबै प्रसंशा पनि गरेका थिए।

[ref-kantipur]

अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *