dilmaya sunar

‘गायिकाको आफ्नै कोठामा रहस्यमय हत्या’

National News News

The Mirror

अन्दाजी ३० वर्षीय लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन।

उनि बालाजु नेपालटार स्थित आफ्नै कोठामा मृत भेटिएकी हुन। मृत्युको कारण आत्महत्या वा हत्या भन्ने बारे खुलि नसकेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। सुनारको मृत्यु हुँदा एक जना पुरुष पनि साथमै रहेकाले घटना थप शंकास्पद बनेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। ती शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार केही समय अघिबाटै उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरी काठमाडौंमा बस्दै आएकी थिइन। उनका एक छोरा छन् । उनी सुर्खेतमा मामाघरमा बस्दै आएको पनि खुलेको छ। यता काठमाडौंमा सुनार गहना पसलमा काम गर्ने एक व्यक्तिसँग ‘लिभिङ टुगेदर’मा भएको पनि खुलेको छ।

प्रहरीका अनुसार सुनारको मृत्यु हुँदा ती व्यक्ति एउटै कोठामा थिए। हाल प्रहरी नियन्त्रणमा रहेका उनले आफू घटना हुँदा एउटै कोठामा रहेको स्विकारेका छन् तर आफू निद्रामा भएका बेला सुनारले सलले पासो लगाएर आत्महत्या गरेको दाबी उनले गरेका छन तर घटनापछि उनी फरार भएका कारण सुनारको मृत्यु‚ आत्महत्या वा हत्या हो भन्नेमा निचोडमा प्रहरी पुगिसकेको छैन।

प्रहरीसमक्ष ती व्यक्तिले प्रारम्भिक सोधपुछमा भनेका छन, ‘हामी सँगै थियौं, म निदाएछु, उनले पछ्यौरीले पासो लगाएर आत्महत्या गरिसकिछन, त्यसपछि म डरले त्यहाँबाट हिडें’।

पासो लगाएको भनिएको सल र मृतक सुनारको मोबाइल घटनास्थलमा फेला परेको छैन। जसलाई प्रहरीले घटना लुकाउन शंकास्पद ती व्यक्तिले चलखेल गरेको हुन सक्ने आशंका गरेको छ।

मृतक सुनारको फेसबुक र टिकटक अकाउन्टमा पनि उनले निराशाजन्य सामग्री तथा भिडियो पोस्ट गरेको देखिन्छ। ती पोस्ट उनी आफैंले वा उनीसँगै बस्ने अर्का व्यक्तिले गरेको हो भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीले भने, ‘घटना हुनु अघि सुनारको फेसबुकमा लामो सामग्री पोस्ट भएको देखिन्छ तर घटनास्थलबाट मोबाइल र शंकास्पद व्यक्तिले उल्लेख गरेको सल पनि फेला नपर्नुले अनुसन्धानको दायरा बढेको छ’।[यो समाचार कान्तिपुरमा छापिएको छ]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *