The Mirro Desk,
काठमाडौँ, गायिका अन्जु पन्तले गत बुधबार दिउँसो इलामका थीर कोइरालासँग विवाह गरेकी छिन्। उनीहरुले पाटन चर्चमा क्रिस्चियन परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरे।
थीरले भने, ‘तीन वर्षभन्दा लामो निकटता थियो, पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं, अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं’। उनीहरुले दुबै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम सम्पन्न गरेका हुन्। अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘धेरै माया।’
एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए। गायिका पन्तले भनेकी थिइन्, ‘बिहेपछि नयाँ अध्याय सुरू हुनेछ’। थीरले थपे, ‘नयाँ अध्याय सुरू भयो, हामी अत्यन्तै खुसी छौं, हाम्रा शुभचिन्तकहरुलाई दुवै जनाको तर्फबाट धेरै धन्यवाद’।

थीरले ठूलो भोज आयोजना नगरीए पनि केही आफन्तमाझ चाँडै बिहेको ‘सेलिब्रेसन’ गर्ने बताएका छन्। उनले भने, ‘त्यसबाहेक केही अनाथालयका मान्छेहरुलाई सहयोग गरी हाम्रो बिहेको खुसी साट्ने छौं’।
थीर र अन्जुको पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। सोही कार्यक्रममा अन्जु अतिथि बनेर आउँदा अन्जु र थीरबीच परिचय भएको थियो।
[ref-setopati]
अन्तमा यो पनि हेर्नुहोस है…
पूर्व राजा-रानीको यो अर्थपूर्ण नाच…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons