गुगललाई क्लाउडमा झन्डै ५ अर्ब डलर वार्षिक घाटा [रिपोर्ट सहित]

Business Science & Technology

The Mirror Desk,

न्युओर्क, सबै क्षेत्रमा अत्याधिक मात्रामा नाफा कमाइरहेको सर्च इन्जिन गुगलले क्लाउड बिजनेसमा भने ठूलो घाटा व्यहोर्नु परेको छ। कम्पनीले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायको वित्तीय अवस्थाबारे गहन विश्लेषण गरी साबजनिक गरेको डाटाले त्यस्तो देखाएको हो।

रिपोर्ट अनुसार, सन् २०२० को तेश्रो त्रैमासिकमा मात्रै गुगल क्लाउडको सञ्चालन नोक्सानी १ अर्ब २० करोड डलर रहेको छ । जुन सन् २०१९ को सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । यस अनुसा सन् २०२० भरमा समग्रमा गुगलले क्लाउड बिजनेसबाट ५ अर्ब ६० करोड घाटा व्यहोर्नु परेको छ । यो वार्षिक घाटा सन् २०१९ को भन्दा २१ प्रतिशतले बढी हो। यद्यपि गुगल कम्पनीको समग्र व्यवसायिक अवस्था भने सुदृढ देखिएको छ । सन् २०२० को चौथो त्रैमासिक अवधिमा गुगलले कूल १५ अर्ब २० करोड डलर मुनाफा कमाएको छ, जुन वाषिर्क ४३ प्रतिशतको बढोत्तरी हो । जब कि चौथो त्रैमासिक अवधिमा गुगलको कूल आम्दानी ५७ अर्ब डलर रह्यो।

गुगलका प्रमुख वित्तीय अधिकृत रथ पोराटले पनि आफुहरुले क्लाउड बिजनेसको वस्तुगत रुपमा ठूलो बजार सम्भावना देखेको हुनाले आक्रामकरुपमा लगानी गरिरहेको बताउँछन् । ठूला कम्पनीहरुले आफूहरुसँग दीर्घकालीन रणनीतिक साझेदारीका लागि तयार हुनु नै गुगल क्लाउडको सफलता भएको उनको जिकिर थियो । यसमा घाटा भएपनि समग्र रुपमा गुगलले निकै धेरै आम्दानी गरेको छ।

[ref-techcrunch]

हेर्नुहोस तलको रिपोर्टहरु

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *