गुगलले बन्द गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल

International News News

The Mirror Desk,

काठमाडौँ, पछिल्लो समय अमेरिकन रास्ट्रपति डोनाल्ड ट्रम्पले हिम्सा भड्काएको भन्दै धेरैजसो सोसल मेडियाहरुले उनको अकाउण्ट्स लाई निलम्बन गरिरहेका छन्।

यस्तै क्रममा अब युट्युब पनि थपिएको छ। गुगलको स्वामित्व रहेको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ। त्यस कारण अबदेखि उनले युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ स्ट्रिम गर्न पाउने छैनन्। अहिले सो निलम्बन ७ दिनको लागी भएपनि समयावधि लम्बिन सक्ने र उनको च्यानलमाथि स्थायी रुपमै प्रतिबन्ध लाग्नसक्ने गुगलले जनाएको छ। हिंसा भड्काउनका लागि ट्रम्पले आफ्नो युट्युब च्यानल प्रयोग गरेको र जुन युट्युबको नीति बिपरित भएको गुगलले जनाएको छ। गुगलले भनेको छ, ”हिंसाको सम्भावित खतराको अनुमान र समीक्षा पश्चात् डोनाल्ड ट्रम्पको च्यानलमा अपलोड भएका नयाँ सामाग्रीहरु हटाइएको छ”।

त्यस्तै अमेजनको ट्विचले पनि ट्रम्पको अकाउन्ट निस्क्रिय पारिदिएको छ र स्नापच्याटले पनि अकाउन्ट लक गरिदिएको छ । त्यसका साथै शपिफाइ, पिन्टेरेस्ट, टिकटक र रेडिटले समेत ट्रम्पका अकाउन्टमाथि कडाइ गरेका छन्। रास्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा लगभग २७ लाख भन्दा बढी सब्स्क्राइबर्स रहेका छन्।

[ref-cnn]

अन्तमा यो पनि हेर्नुहोस भिडियो सहित
प्रधानमन्त्री के पी ओलीले जी न्युज का सुधिर चौधरीलाई दिएको शानदार अन्तरबार्ता

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *