‘गेम अफ थ्रोन्स’ का निर्माता चिनियाँ अर्बपतिको विष पिलाएर हत्या

International News News

The Mirror Desk,

काठमाडौं, चिनियाँ गेम ”गेम अफ थ्रोन्स” का निर्माता लिन छिलाई विष खुवाएर हत्या गरिएको छ। सांघाइ प्रहरीले दिएको जानकारी अनुसार क्रिसमसको दिन उनको मृत्यु भएको जनाइएको छ। निर्माता लिन छि यूजूका अध्यक्ष तथा सीईओ थिए। उनी ‘गेम अफ थ्रोन्स’, ‘विन्टर इज कमिङ स्ट्र्याटेजी ‘गेम निर्माताको रुपमा प्रसिद्ध थिए।

प्रहरीका अनुसार उनका एक नजिकका सहयोगी मुख्य आरोपी मानिएको छ। प्रहरीले उनको नाम उल्लेख नगरेपनि उनको थर भने सु भएको प्रहरीले जानेको छ। लिनको सम्पत्ति एक अर्ब ३० करोड डलर रहेको छ। शुक्रबार यूजूका वर्तमान तथा पूर्ण कर्मचारीहरुले भेला भएर लिनलाई श्रद्धाञ्जली दिएका थिए।

लिनले सन् २००९ मा यूजू कम्पनी स्थापना गरेका थिए। ‘गेम अफ थ्रोन्स; का साथै यूजूले ‘ब्रल स्टार’ जस्ता धेरै सुपर हिट गेम बनाएको छ। लिनलाई विष दिने व्यक्ति यूजूको मुभी प्रडक्सन शाखाको प्रमुख सु याहो हुन सक्ने प्रहरीले जनाएको छ। यो घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको सांघाई प्रहरीले जनाएको छ।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *