america

गैरकानुनी रुपमा अमेरिका छिरेका ४६ जना ट्रक भित्र मृत फेला

International News News

The Mirror

गैरकानुनी रुपमा अमेरिका छिरेका ४६ जना ट्रक भित्र मृत फेला परेका समाचार अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन।

अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रकभित्र उनीहरको शब् फेला परको हो। मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरले बताएका छन।

गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन। सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले जनाएका छन।

मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन सकेको छैन। फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

उक्त स्थान अमेरिका-मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ। उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन।

गत वर्ष अमेरिका-मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको निकै ठुलो जमातलाई प्रहरीले पक्राउ गरेको थियो। विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन।

यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको थियो।।

उक्त बाटो हुदै धेरै नेपालीहरु पनि अमेरिका छिर्ने गरेका छन्। ति मध्य कति अमेरिका पुगेपछि पनि प्रहरीले नेपाल फर्काउने गरेको छ।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *