congress maoist

गोरखामा कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल

National News News

The Mirror

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गोरखामा चुनावी तालमेल हुने भएको छ। दुई दलका नेताहरुबीच कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमति भएको हो।

चार दलीय संयन्त्रको बैठक भाँडिएलगत्तै दुई पार्टीको बैठकले तालमेल गर्ने निर्णय गरेका हुन्।

यसअघि गठबन्धन दल जनता समाजवादी र एकीकृत समाजवादीसहितको बैठकमा दलहरु सिट बाँडफाँडमा सहमति जुट्न सकेको थिएन। जसपाले एउटा नगरपालिकासहित दुईवटा पालिका दावी गरेपछि बैठक भाँडिएको थियो।

अपरान्ह सम्पन्न दुई दलको बैठकले यहाँका ११ मध्ये कांग्रेसले सात पालिका र माओवादी केन्द्रले चार पालिकाको प्रमुख लिने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार कांग्रेसले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा अध्यक्ष लिने सहमति भएको छ। माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यसअघि जितेको बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लिने निर्णय भएको छ।

गठबन्धन दल जनता समाजवादी र एकीकृत समाजवादीसहितको बैठकमा दलहरु सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि अन्ततः दुई दलबीच मात्रै सहमति भएको हो ।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *