लण्डन, भारतको एक कार्यक्रममा ”घृणा र असहिष्णुता” लाई बढाउने सामग्री राखेको भन्दै भारतीय पत्रकार अर्नब गोस्वामीको टेलिभिजन च्यानल ”रिपब्लिक भारत” लाई बेलायतले ठुलो रकम जरिबाना गरेको छ। उक्त हिन्द च्यानल बेलायतबाट प्रसारण हुन्छ। उक्त च्यानलमा ‘पुछता है भारत’ कार्यक्रम सन् २०१९ को सेप्टेम्बर ६ मा प्रसारित गरिएको थियो र उक्त च्यानललाइ जरिमानाका साथै यो कार्यक्रम पुनः प्रसारण गर्न पनि रोक लगाइएको छ।
कार्यक्रम भारतको चन्द्र मिसन ”चन्द्रयान-२” को विषयमा थियो। कार्यक्रममा तीन भारतीय र तीन पाकिस्तानी लाई बोलाइएको थियो। कार्यक्रममा पाकिस्तानलाइ चरमपन्थी घटनामा सामेल भएको आरोप लगाइएको थियो। उक्त कार्यक्रमा गोस्वामीले पाकिस्तानी पाहुनाहरुलाई भनेका थिए, ”हामी वैज्ञानिक बनाउँछौं तपाईंहरु चरमपन्थी”, त्यस्तै अन्य भारतीय वक्ताहरुले पनि पाकिस्तानका वैज्ञानिकलाई ‘चोर’ भनेका थिए भने अर्का एक वक्ताले ‘भिखारी’ भनेका थिए। समाचारमा जनाइए अनुशार कार्यक्रममा पाकिस्तानी वक्ताहरुलाई बोल्न नदिइएको र उनीहरुको कुरा सुन्न अस्वीकार गरिएको थियो। उक्त च्यानल लाइ २० हजार पाउण्ड जरीवाना गरिएको छ।
[ref-onlinekhabar]
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…