चन्द्रमाबाट “ढुंगा र माटो” बोकेर चिनिया अन्तरिक्ष यान पृथ्वीमा फर्कियो [फोटो सहित]

International News

काठमाडौँ, चीनले बिकासको गतिमा धेरै नै फड्को मारिसकेको छ। बिज्ञान र प्रविधिमा चमत्कार देखाइसकेको चीनले अहिले यौ ग्रह भन्दा बाहिर आफ्नो आखा लगाइरहेको छ। अब चिन अन्तरिक्षमा पनि “नम्बर वन” बन्ने धुनमा लागेको छ। भर्खरै मात्र उसले चन्द्रमाबाट “माटो र ढुंगा” पृथ्वीमा ल्याएर आफुलाई अझै अब्बल साबित गरेको छ। यसबाट मै हु भन्ने देश पनि झस्किएका छन्।

भर्खरै मात्र चन्द्रमाबाट ढुंगा र माटो लिएर चिनिया अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ र ठुलो सफलता हात परेको छ। अहिले ल्याइएका नयाँ ढुंगा र माटोको नमुनाले पृथ्वीको उपग्रह चन्द्रमाको भित्रि बनावट बारे धेरै कुरा पत्ता लाग्न सक्ने कुरा बैज्ञानिकहरु ले बताइरहेका छन। अमेरिकी यान एपोलो र सोभियत संघको यान लुनाले चन्द्रमाबाट नमुना ल्याएको करिब ४० वर्ष भन्दा बढी भइसकेको समयमा चीनले यौ ठुलो र निकै महत्तोपूर्ण सफलता प्राप्त गरेको छ। यसै “चाङ्ग-अ फाइभ” अभियान सफलतापूर्वक सम्पन्न गर्नु लई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिएको छ।

चीनको यो “चाङ्ग–अ फाइभ” अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको कुरा अन्तरास्ट्रिय संचार माध्यमहरुले जानेका छन्। उक्त यान अवतरणको क्रममा हिउँले ढाकेको घाँसे मैदानमा अवतरण भएको थियो। सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ। यान पृथ्वीमा फर्किंदा जमिनभन्दा करिब १० किलोमिटर जति माथिबाटै प्यारासुट खुलेको थियो। योसँगै चन्द्रमाबाट पृथ्वीमा नमूना ल्याउने चीन तेस्रो राष्ट्र बनेको छ। सन् २०१३ मा “चाङ्ग–अ थ्री” र गत वर्ष “चाङ्ग–अ फोर”सहित चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्नो यानको सफल अवतरण गराइसकेको छ। यो अभियानको सफलतासंगै चिन महाशक्ति रास्ट्रको रुपमा उदाउदै आएको छ भन्न कुनै अफ्ठ्यारो हुने छैन।[ref-BBC]

Researchers work next to Chang’e-5 lunar return capsule carrying moon samples
pic-NASA

pic-globel times

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *