The MIrror Desk,
टोकियो, जापानका एक अर्बपति युबा युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागी विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उनको उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ। ‘डियरमून’ नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।
उनले ट्वीटरमा एक भिडियो राख्दै भनेका छन्, ‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्, मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ’। उनले त्यसका लागी आवेदन कसरी भर्ने भन्ने विवरणहरू पनि राखेका छन्। उनले पूरै यात्राकोलागि आवश्यक पर्ने सम्पूर्ण खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा नि:शुल्क हुने पनि बताएका छन्।
उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू ‘जुनसुकै गतिविधि’ मा भए पनि उनीहरूले अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ, ‘र’ त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’, उनले भने।
सन् २०२३ का लागि योजना गरिएको यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमायात्रा हुनेछ। सन् २०१८ मा, एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले उनीहरूले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो।अन्तरिक्षमा जानका लागि माएजावाले कति रकम तिरे भन्ने खुलाइएको छैन तर एलन मस्कका अनुसार त्यो ‘धेरै ठूलो रकम’ थियो।
[ref-bbc]


अन्तमा यो पनि…
माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020