The Mirror
चर्चित अभियान्त पुण्य गौतम आमरण अनसन बस्ने भएका छन।
जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै उनी आज बाट अनसन बस्ने भएका हुन। उनलाई एमालेकै समर्थक तिलक कार्कीले अनसनका लागी साथ दिने बताइएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ। गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन।
उनका मागहरु निम्न प्रकार छन…
१) पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने।
२) नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने।
३) जेठदेखि लागू गरेको आइतबारे पनि बिदा दिने निर्णय खारेज गर्नुपर्ने।
४) निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने।
अन्तमा यो पनि…