nepali congress youth been killed

चितवनको भरतपुरमा एक कांग्रेस समर्थीत युवाको हत्या

National News News

The Mirror

भरतपुरमा आइतबार साँझ धारिलो हतियार प्रहारबाट हत्या भएका युवक कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले जनाएको छ।

चुनावको प्रचारप्रसारका सिलसिलामा खटिएका आफ्ना प्रतिनिधिको सांघातिक आक्रमणबाट मृत्यु भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध तुल्याएको सभापति राजेश्वर खनालले जनाएका छन्।

नेपाली कांग्रेस चितवनले उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि सजायको समेत माग गरेको छ।

भरतपुर महानगरपालिका–१२ घर भएका अनिल परियार कृष्णपुरमा फुटबल मैदान नजिक आइतबार साँझ पौने आठ बजेतिर घाइते अवस्थामा फेला परेका थिए।

उनको शरीरका विभिन्न ठाउँमा धारिलो हतियारले प्रहार गरेको देखिएको र उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा लैजाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Online Shopping को लागी तलको लिंक क्लिक गर्नुहोला

https://www.safestgatetocontent.com/f749zhj2c?key=6503492a64c7c3f237d12c9e64a0de5

Leave a Reply

Your email address will not be published. Required fields are marked *