fire

चितवनको भरतपुर एयरपोर्ट नजिकै भिषण आगलागी

National News News

The Mirror

चितवन भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान भिषण आगलागी भएको छ। करिब १० मिनेटमै आगो नियन्त्रणमा लिइएको छ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।

उनका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन भएकाे उहाँले बताउनु भयाे।

आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ।

[ref-ujyaalo]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *