Accident in tandi

चितवनको रत्ननगरमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु, राजमार्ग अबरुद्ध

National News News

The Mirror

पूर्वी चितवनको रत्ननगरको टिकौली नजिक पर्ने खगेरी पुल नजिक बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

उक्त घटनालगत्तै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन। प्रहरीले केहि बेरमा बाटो खुल्ने जनाएको छ।

आज बिहान करिब साढे ५ बजेर ५ मिनेटको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी रविनबाबु रेग्मीले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका रानामगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

रानामगरलाई ठक्कर दिएपछि बोलेरो गाडी फरार भएको र खोजीकार्य भैरहेको डीएसपी रेग्मीले बताए। अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।

यसैबीच चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ।

[ref-onlinekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *