bird flue in chicken

‘चितवनमा एउटै फार्मको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु, निकै ठुलो नोक्सान’

Business National News News

The MIrror

पूर्वी चितवनको खैरहनीमा रहेको ‘अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालि’ को एक लाख १६ हजार कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ।

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको परीक्षणमा बर्डफ्लु देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो। परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको हो।

सो फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो। बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ।

सञ्चालक अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष वा अप्रत्यक्षरूपमा २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ।

बीस वर्ष अघिदेखि उनले उच्चतम प्रविधि प्रयोग गरेर कुखुरा पाल्दै आएका छन्। पोल्ट्री व्यवसायमा ७० करोडभन्दा बढी लगानी भइसकेको उनीले बताए।

भेटेनेरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान हुने जिल्ला चितवनमा हो। हाल बर्डफ्लु देखिएको फार्म अहिलेसम्मको ठूलो र बढी नोक्सान हुने अवस्थामा रहेको उनले जनाए।

जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ। माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै देखिएको हो।

बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीव्र फैलिएको अनुमान रहेको छ। अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *