mat patra

चितवनमा किन आयो मतदाता भन्दा ९ प्रतिशत बढी मतपत्र?

National News News

The Mirror

यहि वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि चितवन जिल्लामा मतपत्र आइपुगेको छ।

शुक्रबार भरतपुर महानगरपालिका सहित सातवटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ।

भरतपुरको लागि ४१० बण्डल र भरतपुर बाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो। एउटा बण्डलमा ५०० वटा मतपत्र छन।

निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो। जिल्लामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ।

निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने, ‘आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्या भन्दा केहि बढी मतपत्र आएको हो’।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले भने, ‘प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशतबढी मतपत्र पठाउने गरेको छ, बण्डलमा मसि लतपतिएका, प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने आयोगले विगतमा जस्तै करिब १० प्रतिशत बढी मतपत्र पठाएको हो’।

भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ। भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन। महानगरबाहेक ६ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ। छ पालिकामा दुई लाख ११ हजार ९३३ मतदाता छन।

भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन तर उमेदवार भने ३५ प्रकारका चुनाव चिह्न मात्रै पाएका छन, ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उमेदवारको होइन।

[ref-dcnepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *