The Mirror Desk,
भरतपुर, चितवनको जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी (स्कुटरका चालक), सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।
भरतपुरबाट घरतर्फ गइरहेका स्कुटर तीब्र गतिमा रहेको र ओभरटेक गर्नेक्रममा दुर्घटना भएको प्ररम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। दुई पांग्रे सवारी साधनको तीब्र गतिका कारण चितवनमा ठूला दुर्घटना बढ्दै गएको छ। [यो समाचार सेतोपाटिले छापेको छ]
अन्तमा यो घुस सम्बन्धित भिडियो पनि हेर्नुहोस है…
गाउँपालिका कर्मचारीद्वारा सेवाग्राहीसंग खुलमखुला घुसको डिल…
३/४ प्रतिशत दिनुपर्ने माग…
सुन्नुहोस यो डिल…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons