चितवनमा प्रधानमन्त्रीको कार्यक्रम रोक्न माग गर्दै ‘प्रचण्ड-नेपाल’ समूहको निर्वाचन आयोगलाई पत्र

National News News

The Mirror Desk,

भरतपुर, प्रधानमन्त्री के पी शर्मा ओलीले माघ-१७ मा चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्गको नारायणगढ-गोद्राङ सडकखण्डलाई ६ लेनको बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम रोक्न माग गर्दै ‘प्रचण्ड-नेपाल’ समूह चितवनले निर्वाचन अयोगलाई पत्र पठाएको छ। निर्वाचनको मिति घोषणा भइसकेपछि प्रधानमन्त्रीले विकासका योजनाहरू शिलान्यास गर्दै हिँड्नु कानुनविपरीत हुने भन्दै सो समूहले जिल्ला निर्वाचन कार्यालय मार्फत आयोगमा पत्र पठाएको छ। पत्रमा सो समुहले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको घोषणा गरिसकेको पनि स्मरण गराएका छन्।

जिल्ला निर्वाचन अधिकारी जनार्दन अघिकारीले भने, ‘मैले पत्रलाई स्क्यान गरेर निर्वाचन आयोगमा पठाएको छु, उताबाट कुनै पनि जानकारी प्राप्त भएको छैन, हामीले माथिबाट आउने आदेशलाई पर्खने र पालन गर्ने हो”।

भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहालले भने आफ्नो पहलमा ती योजनाहरू प्राप्त भएको दाबी गर्दै जस लिनका लागि मात्र प्रधानमन्त्रीलाई बोलाएर उद्घाटन गरे योजनामै समस्या आउन सक्ने बताइन। प्रधानमन्त्री निकट नेतृ पार्वती रावलले यी सबै योजना सरकारको भएका कारण प्रधानमन्त्रीले शिलान्यास गर्नू स्वभाविक भएको बताइन। उनले माघ १७ गते शिलान्यासका साथै भरतपुरमा वृहत् आमसभाको तयारी गरिएको पनि जानकारी दिइन्।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *