renu dahal

चितवन काँग्रेसको नियति, ‘अहिले मेयरमा छोरीलाई, पछि संघीय चुनावमा बाबुलाई’

National News News

The MIrror

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई सर्मथन गर्ने निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले भेला गर्ने भएका छन।

नारायणगढको कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो २ बजेका लागि भेला आह्वान गरिएको हो। भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर अब कसरी अगाडि बढ्ने भनेर योजना बनाइने छ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला समेतलाई बोलाइएको छ। गुरुङ र कोइराला दुबै कांग्रेसले महानगरको मेयर पाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका नेता हुन।

केन्द्रीय सदस्य कोइरालाले कार्यकर्ताको कुरा सुन्न पार्टी कार्यालयमा जाने बताए।

कोइरालाले भने, ‘कांग्रेसले नै भरतपुरको मेयर पाउनुर्छ भन्नेमा हामीले पहिलादेखि नै आवाज उठाउँदै आएको हो, गठवन्धन गरेर माओवादीलाई दिँदा भरतपुरमा कांग्रेस कमजोर बन्यो’ .

उनले निकै खिन्न मुद्रामा भने, ‘अहिले मेयरमा छोरीलाई जिताउने, पछि संघीय चुनावमा बाबुलाई मत दिनुपर्ने होला, कहिलेसम्म चितवन काँग्रेसले यो नियति कहिले सम्म हो?’

भरतपुर महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाले बागी उम्मेदवारी दिने तयारी गरेका छन। सापकोटा पक्षले भेला छलफललाई तीव्रता दिएपछि कांग्रेस चितवनका सभापति खनालले गठवन्धनको भावनाभन्दा बाहिर नजान अपिल गरेका छन।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *