danger of Chinese uncontrolled rockets falling to the ground

२१ टनको चिनियाँ अनियन्त्रित रकेट पृथ्वीमा खस्ने ठुलो खतरा

Science & Technology

The Mirror Desk

२१ टनको लङ मार्च ५ बी नामक एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको कुरा वैज्ञानिकहरूले बताएका छन्। तर उनीहरुले हालसम्म यो कहाँ खस्छ भन्ने यकिन गरिसकेका छैनन।

अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सन् १९९० यताको सबैभन्दा ठूलो वस्तु बन्ने छ।

सो चिनियाँ रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो। अहिले उक्त रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ।

वैज्ञानिकहरूका अनुसार यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर र दक्षिणबीच छ। यो पृथ्वी घुम्दा उत्तरमा न्यूयोर्क, इस्तानाबुल र बेइजिङमाथि एवं दक्षिणमा वेलिङ्गटन र चिलीमाथि पर्छ।

‘यदि हामी भूमध्यरेखाको दुवैतर्फ ४१ डिग्रीभन्दा बाहिर छौ भने यो हामीमाथि खस्दैन’ वैज्ञानिकहरू भन्छन।

वैज्ञानिकहरूका अनुसार यसको क्षेत्रमा रहे पनि हामीमाथि यो खस्ने सम्भावना एकदमै कम छ किनभने पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ’।

यो रकेट मे १० को वरपर खस्ने अनुमान गरिएको छ। यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूले पृथ्वीमा आइपुग्ने एक घण्टा अगाडि मात्रै थाहा पाउने छन्।

सन् २०२०को मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए।

[ref-bbc]

मंगल ग्रहमा यानले कसरी काम गर्छ?

हेर्नुहोस यो भिडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *