“चिसो मान्छे” मा महँगी स्वस्तिमा, लिईन १८ लाख

Entertainment

काठमाडौँ, नेपाली सिने जगतमा धेरै नायिकाहरुमा मध्य थोरै मात्र सफल भएका छन्। ति मध्य एक सफल नायिका हुन् स्वस्तिमा खड्का। उनि प्राय डानसिङ्ग नम्बर को गीतका लागि लोकप्रिय मानिन्छन। “कुटुमा कुटु” नामको आइटम डान्स बाट निकै नै उचाइ प्राप्त गरेकी उनले बिस्तारै सफलताको सिडीहरु चढिरहेकि छन्। भर्खरै मात्र आएर उनले एक चलचित्र “चिसो मान्छे” मा अनुवन्धित भएकी छिन्। चलचित्रकी निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच सो चलचित्रको लागि लिखित संझौता भएको छ। नायिका खड्काले चलचित्र “चिसो मान्छे” मा १८ लाख पारिश्रमिक वुझेको बताइएको छ। उनको चलचित्र करिअरमा यो सबैभन्दा महंगो पारिश्रमिक हो।

हुन त उनले उक्त चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक गरेकी थिइन् तर पनि चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको छ।

दिपेन्द्र खनालको निर्देशनमा बन्न लागेको उक्त चलचित्रका लागि स्वस्तिमाले धेरै महंगो पारिश्रमिक लिइएको वुझिएको छ। चलचित्र निर्मात्री शर्मिला पाण्डेले भनिन “स्वस्तिमाको भूमिका नै बेजोड खालको छ त्यसकारण पारिश्रमिकको बिषयमा बहस गर्नु पर्ने कुरै आउदैन, काम जस्तो पैसा त्यस्तै”

बताइए अनुसार बन्न लागेको चलचित्रमा आजभोलिका मानिसहरुमा कस्ता कस्ता खालका नैरश्यताको र नकरात्मक भावनाहरु मनमा आउछन भन्ने कुरालाई प्रस्तुत गर्न खोजिएको छ। उनले निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्ने चलचित्र “जिन्दाबाद” मा पनि काम गर्ने तयारी गरेकी छिन्।[ref-onlinekhabar]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *