चीनद्वारा अलिबाबालाई २ अर्ब ८० करोड अमेरिकी डलर जरिवाना

Business International News News

The Mirror Desk,

चीन सरकारले शक्तिशाली ई–कमर्स कम्पनी अलिबाबामाथि विभिन्न नियमहरु उल्लंघन गरेको आरोपमा २ अर्ब ८० करोड अमेरिकी डलर(करिब ३ खर्ब नेपाली रुपैयाँ) जरिवाना गरेको छ। यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो।

यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करिब ४ प्रतिशत जरिवानामा बुझाएको छ।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका थियो। यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ।

चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन(एसएएमआर)गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । एसएएमआरले अलिबाबाले चीनको ‘एन्टी-मोनोपोली’ कानुन उल्लंघन गरेको बताएको छ।

अलिबाबाका संस्थापक ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनीका व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनेका थिए।

[ref-kantipur]

Please, Watch This Unique Way Of Corruption…

Video Here…

“ What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

3 thoughts on “चीनद्वारा अलिबाबालाई २ अर्ब ८० करोड अमेरिकी डलर जरिवाना

  1. alobaba is the most popular site in china and all over the over world. this is because of communist country

    1. Thank you so much for your valuable comment and support. Please stay with our site for updates around the country and the globe. Welcome your valuable comments and feedback

Leave a Reply

Your email address will not be published. Required fields are marked *