चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध, ‘झूटो’ र ‘अनुचित’ को आरोप

International News News

The Mirror Desk,

लण्डन, बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा चीनले प्रतिबन्ध लगाएको छ। उसले बिबिसी ले ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको आरोप लगाएको छ। बीबीसीले हालैका आफ्ना रिपोर्टहरुमा कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो। बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ।

केहि समय अघी बेलायतीको सञ्चारमाध्यम नियामक निकाय ‘अफकम’ ले चीन सरकारको नियन्त्रणमा रहेको ‘सीजीटीएन’ टेलिभिजनको प्रसारणको लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको हुनसक्ने अनुमान गरिएको छ। बीबीसीले चिनियाँ राष्ट्रियता र राष्ट्रिय एकतालाई अवमूल्यन गर्दै सामग्री प्रसारण गरेको पनि चिनियाँ अधिकारीले आरोप लगाएका छन्। बीबीसीका एसिया सम्पादकका अनुसार चीनमा बीबीसी वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाउँदै खासै असर नपर्ने बताए।

यो बारेमा बिबिसीले भनेको छ

‘चिनियाँ प्रशासनको यो कदमप्रति हामी खेद प्रकट गर्दछौँ। बीबीसी विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार प्रसारकमध्येको एक हो। विश्वभर पूर्ण रुपमा निष्पक्ष रही, बिनाडर र बिनापक्षपात बीबीसीले समाचार सामग्री प्रसारण गर्दछ’।

[ref-intn.medias]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *