Chinese spacecraft successfully lands on Mars

चीनले पठाएको यान मङ्गल ग्रहमा सफलतापुर्बक अवतरण

Science & Technology

The Mirror Desk

चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ। ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको बीबीसीले जनाएको छ। यसका साथै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिका पछि दोस्रो देश बनेको छ।

मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन्।

चीनले फेब्रुअरी महिनाको पहिलो हप्ता अर्थात् तीन महिना अघि उक्त यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो। मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल २४० किलोग्राम रहेको छ। रोबर्टले सतह र सहतमुनिको भौगर्भिक र बायुमनडलको अध्ययन गर्नेछ।

उक्त अन्तरिक्ष यानको रोबर्टमा क्यामराहरू जडान गरिएको छ। ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन्। अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्ने छ।

यो अन्तरिक्ष यान मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो। यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो। यस पटक चीनसँगै अमेरिका र यूयईले पनि मङ्गल ग्रहमा यान पठाएका छन्। ती यानहरु अहिले पनि मंगल ग्रहमा नै रहेका जनाइएको छ।

pic bbc [This model have a similar look to Nasa’s Spirit and Opportunity]

[ref-bbc]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *