oli and yadav

चुनाबमा कांग्रेस र माओबादीबाट ठुलो धोका खाएको भन्दै उपेन्द्र यादव ओलीको शरणमा

National News News

The Mirror

स्थानीय तहको निर्वाचनको परिणाम करिब करिब अन्तिम चरणमा छ। पार्टीहरुले आफ्नो जित हारको समिक्षा गरिरहेका छन्।

नेकपा एमालेले सत्ता-गठबन्धनले शक्तिको दुरुपयोग र आफ्नै पार्टी भित्रको अन्तर्घातको कारण पार्टीको अपेक्षित नतिजा नआएको सार्बजनिक रुपमा जनाएको छ।

उता सत्ता-गठबन्धन दल जनता समाजवादी पार्टीले चुनाबमा कांग्रेस र माओबादीबाट निकै ठुलो धोका भएको कारण आफ्नो पार्टी पराजित भएको कुरा सार्बजनिक गरिसकेको छ।

यसै क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बीच भेटघाट भएको छ।

उक्त भेटमा प्रमुख प्रतिपक्षी दल एमाले पाँचदलीय सत्ता गठबन्धन फुटाउने मनशाय राखेको कुरा बाहिर आएको छ। निर्वाचनमा एकअर्काप्रति भएको असहयोगलगायत विषयलाई लिएर सत्तारूढ दलहरूमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो दाउमा लागेको हो।

सुरुमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी जसपा लाई सत्ता गठबन्धनबाट अलग बनाएर सरकारलाई प्रहार गर्ने प्रयासमा एमाले छ।

कांग्रेस र माओवादी केन्द्रले धोका दिँदा जसपाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै ओलीले यादवसमक्ष सत्ताबाट अलग्गिएर एमालेसँग सहकार्यका लागि प्रस्ताव गरेका छन्।

एमालेले अहिले सत्ता घटकभित्रका असन्तुष्ट पक्षसँग सहकार्य गर्ने नीति लिएको छ। यसै नीतिअन्तर्गत एमाले र जसपा अध्यक्ष यादवबीच कुराकानी अघि बढेको हो।

अहिले यी दुवै दल सत्ता-गठबन्दन प्रति आक्रोशित भएकोले राजनीतिकले नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ। हेरौ केहि महिनामा राजनीतिक कता जान्छ।

[ref-osnepal]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *