The Mirror
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई चुनावमा प्राप्त परिणाम अनुसार हार स्वीकार गरेर अर्को चुनावको तयारी गर्न सुझाव दिएका छन।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दुई घण्टा लाग्यो भने त्यसमाथिको टिप्पणी गर्न प्रमुख प्रतिपक्षी दलको नेताले तीन घण्टा लगाउनुभयो’।
ओलीलाई रिजालले भने, ‘सिट संख्यामा हारे पनि लोकप्रिय मत बढी छ भन्नुभयो, चुनावका बेला कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भएर अरुसँग लाग्यो भन्नुभयो, अघिल्लो चुनावमा हामीले त्यसै भनिदिएको भए हुन्थ्यो सय सिटमा पनि लड्न नसक्ने एमाले भनेर, माओवादीको बुई चढेर चुनाव लड्न आएको छ भनिदिएको भए हुन्थ्यो तर भनेनौं नि त हामीले’।
उनले भने, ‘अब हार स्वीकारेर अर्को चुनावको तयारी गर्नुस, यसपालिको हारलाई स्वीकार गर्नुस् अनि आउने चुनावको तयारी सजिलो हुन्छ’।
अध्यक्ष ओलीले एमालेले लोकप्रिय मतको लामो कथा सुनाएको भन्दै उनले २०१५ सालयताका चुनावमा कसले कति मत ल्याए भनेर तथ्याङ्क नै प्रस्तुत गरेका थिए।
[ref-onlinekhabar]
अन्तमा यो पनि…